बढ्यो सम्पत्ति शुद्धीकरण सम्भावित शंकास्पद कारोबार

पढनै पर्ने

सम्पत्ति शुद्धीकरणको लागि प्रयोग भएको हुनसक्ने शंकास्पद कारोबार ३०.३५ प्रतिशतले बढेको छ। 

राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो। 

आर्थिक वर्ष २०८०/८१ मा बैंक तथा वित्तीय संस्था, सहकारी, क्यासिनो लगायतका सूचक संस्थाहरूमार्फत सात हजार तीन सय ३८ वटा घटना वित्तीय जानकारी इकाइमा रिपोर्टिङ भएको थियो। 

आर्थिक वर्ष २०८१/८२ मा यस्ता रिपोर्टिङ भएका घटना ९ हजार पाँच सय ६५ पुगेको हो। 

पछिल्लो समय व्यापारको लागिभन्दै सम्पत्ति शुद्धीकरण हुनसक्ने यस्ता शंकास्पद कारोबारको पनि रिपोर्टिङ हुन थालेको छ।

अघिल्लो पटक यसरी २२ वटा कारोबारको रिपोर्टिङ भएकोमा यो संख्या ४३ पुगेको छ।  

त्यस्तै, १० लाख रूपैयाँभन्दा बढी (सीमाभन्दा बढी रकम)को कारोबारको रिपोर्टिङ ३१.७ प्रतिशतले बढेको छ।

यसअघि १६ लाख ९७ हजार वटा यस्ता रिपोर्टिङ भएकोमा २२ लाख ३६ हजार संख्या पुगेको हो। 

१० लाख रूपैयाँभन्दा बढी अन्तर्देशीय कारोबारको समेत रिपोर्टिङ हुन थालेसँगै यो संख्या बढेको हो। यस्तो रिपोर्टिङ संख्या ६ लाखबाट बढेर ११ लाख पुगेको हो।

- Advertisement -spot_img

थप समाचार

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा समाचार