बलात्कार आरोपमा एमालेका पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ

पढनै पर्ने

नेकपा एमालेका पूर्व सभासद कर्णबहादुर मल्ललाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ।
मुगुको सोरु गाउँपालिका–१० घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ बस्दै आएका ५२ वर्षीय मल्ललाई शनिबार ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरिएको ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन्।
मल्लविरुद्ध एक महिलाले बलात्कारको आरोप लगाउँदै उजुरी दिएपछि प्रहरीले अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको हो। पीडित महिलाले फागुन ५ गते नै प्रहरीमा उजुरी दिएकी थिइन्।
जिल्ला प्रहरी परिसर ललितपुर र सातदोबाटो प्रहरी वृत्तको संयुक्त टोलीले मल्ललाई पक्राउ गरेको हो। ती महिला यसअघि न्यायको माग गर्दै माइतीघरमा अनशनसमेत बसेकी थिइन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

- Advertisement -spot_img

थप समाचार

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा समाचार