दिलेन्द्रप्रसाद बडूद्वारा चुनावी मैदान छाड्ने घोषणा

पढनै पर्ने

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्। आफ्नो गृह जिल्ला दार्चुलाबाट सर्वसम्मत रूपमा एकल नाम सिफारिस भए पनि नेता बडूले आफूलाई चुनावी दौडबाट अलग राख्ने निर्णय लिएका हुन्।

उम्मेदवारी नदिने सम्बन्धमा एक वक्तव्य जारी गर्दै नेता बडूले अबको पालो सक्षम युवा पुस्ता र पार्टीका अन्य इच्छुक सहकर्मीहरूको भएको उल्लेख गरेका छन्। उनले आफू प्रत्यक्ष उम्मेदवार बन्नुको साटो नयाँ उम्मेदवारलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे। जिल्ला र प्रदेश कार्यसमितिले आफूमाथि विश्वास गर्दै सर्वसम्मत सिफारिस गरेकोमा उनले पार्टी पङ्क्तिप्रति आभार समेत प्रकट गरे।

नेपाली कांग्रेस दार्चुलाका सभापति ललित बोहराले नेता बडूको उम्मेदवारी फिर्ता सम्बन्धी पत्र जिल्ला कार्यसमितिमा आधिकारिक रूपमा दर्ता भइसकेको पुष्टि गरे।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा बडू दार्चुलाबाटै निर्वाचित भएका थिए। उनले नेकपा एमालेका उम्मेदवार गणेश ठगुन्नालाई पराजित गर्दै जित हासिल गरे।

२०७४ सालमा उनी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए।

- Advertisement -spot_img

थप समाचार

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा समाचार