एमाले महाधिवेशन सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री रावल र बहालवाला मन्त्री थापा केन्द्रीय सदस्यमा पराजित

पढनै पर्ने

नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य पदको निर्वाचनमा सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेताहरू पराजित भएका छन्। सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल र प्रदेश सरकारका वर्तमान मन्त्री बिरबहादुर थापा केन्द्रीय सदस्यको दौडमा पराजित भएका हुन्।


अध्यक्ष केपी शर्मा ओलीको आधिकारिक प्यानल समूह बाटै खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका पूर्वमुख्यमन्त्री रावल निर्वाचित हुन सकेनन्। उनले जम्मा ९४३ मत मात्र प्राप्त गरेका छन्।
यस्तै, सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिरबहादुर थापा पनि केन्द्रीय सदस्यमा पराजित भएका छन्। अध्यक्ष ओलीको समूहमा नसमेटिएपछि थापाले भूगोल सुदूरपश्चिम तर्फबाट केन्द्रीय सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। मन्त्री थापाले निकै कम अर्थात् २३८ मत मात्रै पाएका छन्।
त्यस्तै, एमालेका कैलाली जिल्ला इन्चार्ज नारदमुनि राना पनि केन्द्रीय सदस्यमा पराजित भएका छन्। भूगोल तर्फबाटै स्वतन्त्र रूपमा उम्मेदवारी दिएका रानाले ३८५ मत प्राप्त गर्दै पराजय ब्यहोरेका हुन्। आधिकारिक प्यानल बाहिर रहेर उम्मेदवारी दिएका सुदूरपश्चिमका नेताहरूलाई चुनाव जित्न सकस परेको देखिएको छ।

- Advertisement -spot_img

थप समाचार

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा समाचार