आमा, म रोएको थिए नि
तिम्रो हातको ठेला देख्दा
घाउले भरिएको हत्केला देख्दा
माटोले फुटेको पैतला देख्दा
खालि खुट्टा हिडेको देख्दा
सन्तानको लागि सबै संग भिडेको देख्दा
आमा, लाग्छ कहिले काही हारी दिउ
समय संग,
संघर्ष संग,
जिम्मेवारी संग
समग्रमा भनौ सबै संग
फेरि तिमिलाई देख्छु
तिम्रो मुख हेर्छु
तिम्रो वर्षौ को दुख र सङ्घर्ष हेर्छु
मेरो खुशीमा मुस्कुराउन
पर्खिरहेका तिम्रा ओठ हेर्छु
म सफल भएको हेर्न
कुरिरहेका तिम्रा आँखा हेर्छु
अनि लाग्छ,
सन्तानको खुसिको अगाडि आफ्नो दुख भुलेकि
हिम्मतवाली आमाको छोरी
यति सजिलै त कहाँ हार्न सक्छ
तिम्रा निर्दोष आखाले मेरा लागि देखेका सपना
यति सजिलै क्यारि मार्न सक्छ
आमा,तिमिले दिएको शाहस ले गर्दा
मैले जिम्मेवारी संग हार्न जानेको छैन
शिरमा सधैं तिम्रो हात छ
र त
आजसम्म हार मानेको छैन
लाग्दो हो तिमिलाई पनि
सपना पुरा गर्न, सहर छिरेको छोरि
अब उतै डुल्छ होला
सहर को रिमझिम मा हराइ
आफ्नो संस्कार भुल्छ होला
आमा,
छोरि सहर आएकि हो
तर शहर छोरिमा आएको छैन
चिन्ता नलिनु,
उसले बाटो बिराउछ कि भनि
उसले
तिम्रो संघर्ष देखेको छ
त्यही भएर, आज सम्म
बाटो बिराएको छैन
आमा
मलाइ मन छ भन्न कुनै दिन
रुखै रुख ले घेरेको
कुनै एकान्त र अग्लो डाँडामा पनि
तिमि घास दाउरा भन्दै डिड्ने हिड्ने
वन पाखामा पनि
अनि एक पल बसेर तिम्रै काखमा पनि
आमा
तिमिले फाटेको लुगा जोड्दै हुर्काको छोरी
गिट्टी ढुंगा फोड्दै पढाको छोरि
आज सक्षम छ, शाहसिक छ, आत्मनिर्भर बन्दै छ
आमा
मलाइ भन्न मन छ
देखाइ सार वाह वाह भन्ने काम
भुलाइ तिम्रा सब दुख, पिडा, बिराम
मलाइ भन्न मन छ आमा
मेरी आमा जति महान कोहि छैन
उनको अगाडि भगवान पनि कोहि होइन
मलाइ भन्न मन छ आमा



आहा एकदमै मार्मिक !